सिरियामाथि आक्रमणको विरोधमा वीरगञ्जमा प्रदर्शन

१६ फागुन, वीरगञ्ज । सिरियामा भएको आक्रमणको विरोधमा वीरगञ्जमा प्रदर्शन भएको छ ।

आक्रमणमा मारिएका बालबालिका प्रति श्रद्धाञ्जली दिँदै यहाँका मुुस्लिम अगूवाहरुले प्रदर्शन र शान्तिको याचना गरेका हुन् ।

उनीहरुले विश्वभरीका मानव अधिकारवादी संस्थाहरुको भूूमिका प्रति समेत प्रश्न उठाएका छन् । घन्टाघरमा आयोजित सभामा मुस्लिम अगुवाहरु बाबुजान अली, महमद बसुरुद्दिन अन्सारी, लालबाबु शेख, नैमुद्दिन अन्सारी लगायतले सिरिया आक्रमण अबिलम्ब रोकिनुपर्नेमा जोड दिए ।

सो अवसरमा बालबालिकाहरुले प्लेे कार्ड सहित यु्द्ध बन्द गर्न र मानव अधिकारको रक्षा गर्न माग गरेका थिए ।बालबालिकाहरुले बोकेको प्ले कार्डमा सिरिया माथिको बर्बर दमन बन्द गर, बमको व्यापार बन्द गर, मानवताका लागि आवाज उठाऔं, बालबालिकालाई बाँच्न देउ लगायतका नारा लेखिएको थियो ।

तपाईको प्रतिक्रिया

About the Author

Amit Shah

Leave a Reply

Your email address will not be published.