सुदर्शन खतिवडाको कविता "नेपालमै केही गर साथी"

सुदर्शन खतिवडाको कविता “नेपालमै केही गर साथी”

पाखा बारीमा कोदाली चलाउ नेपालमै केही गर साथी

आफ्नै माटोमा सुन फलाउ नेपालमै केही गर साथी

रेल समुद्र पानी जहाज हेर्न नि विदेश जानुपर्छ

स्वदेश सम्झी फर्की आउ नेपालमै केही गर साथी

बुद्ध भूमि शान्ति भूमि पुण्य भूमि यो हाम्रो देश

विश्व शान्ति को सन्देश फैलाउ नेपालमै केही गर साथी

वीर पुर्खाको बलिदान र गौरव गाथा अमर छ

गोर्खाली को इज्जत जोगाउ नेपालमै केही गर साथी

४ जात ३६ वर्णको साझा फुलबारी हो हाम्रो देश

एकता को बिगुल बजाउ नेपालमै केही गर साथी

प्रकृतिको अनुपम उपहार पहाड तराई उँचा हिमाल

पर्यटन को प्रबर्द्धन गराउ नेपालमै केही गर साथी

सुदर्शन खतिवडा

कञ्चनरुप –१२ सितापुर , सप्तरी ।

 

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com