सुदर्शन खतिवडाको गजल – "गाजल टीका बिन्दिया अनि झुम्कापनि लाकि रैछौ"

सुदर्शन खतिवडाको गजल – “गाजल टीका बिन्दिया अनि झुम्का पनि लाकि रैछौ”

गाजल टीका बिन्दिया अनि झुम्कापनि लाकि रैछौ
स्वर्गकी परी मेनका जस्तो झरझुट्ट भाकी रैछौ
थाहा भयो पर पर सरेको मदेखि किन आज
डेटिङ जान कसैसित किरिया कसम खाकि रैछौ
अमेरिका अस्ट्रेलिया लाने पोइ खोज्दाखोज्दै
हेर्दा हेर्दै उमेर पनि दुइ बिसमा चार बाँकी रैछौ
एेना हेरी कपाल कोरी फोनमा बिजी थियौं तिमी
लघारेको भैंसी जस्तो दाम्लो चुडाई गाकीरैछौ
खल्तिखलास मान्छे म त ४ पोइसा दाम छैन
गाँठ भाको रैछ उ त अनि पो तिमी धाकीरैछौ
सुपर ब्युटी ठानी आफु धाक धेरै नलाउ तिमी
आमा हुने बेलामा तिमी धेरैजनाकी काकी रैछौ।

नाम : सुदर्शन खतिवडा
ठेगाना : कञ्चनरुप – ७ सप्तरी

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com