सुनसरीको जुद्दगंज चोक नजिकै सालनाल सहितको नवजात शिशुको शव फेला

सुनसरी , ५ कार्तिक ।

सुनसरीको जुद्दगंज चोक नजिकै सालनाल सहितको नवजात शिशुको शव फेला परेको छ ।

सुनसरीको कोशी गाउँपालिका-४ स्थित जुद्दगंज चोक नजिकै कासघारीमा सोमबार राती साढे ८ बजेको समयमा रातो बुट्टे साडीले पोको पारेको अवस्थामा सालनाल सहितको फालिएको शिशुको शवलाई स्थानियले देखेपछी प्रहरीलाई खबर गरेका थिए ।

खबर पाउनासाथ अस्थायी प्रहरी पोष्ट शिवचौक कटानबाट प्रहरीको टोली खटिएको थियो भने थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीको टोलीले शवको कानूनी प्रकृया पुरा गरी शवलाई पोष्टमार्टमकालागी जिल्ला अस्पताल ईनरुवा पठाएको थियो ।

घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com