सुनसरीको विभिन्न स्थानीय तहमा स्वकीय सचिव नियुक्ति गरी सरकारी रकमको चरम दुरुपयोग

दिपेन्द्र यादव ,

इनरुवा ।

सुनसरीको विभिन्न स्थानीय तहमा स्वकीय सचिव नियुक्ति गरी सरकारी रकमको चरम दुरुपयोग भइरहेको पाइएको छ ।

सरकारी काम कहिले जाला घाम भन्ने जस्तै उख्खान झैँ जिल्लाको स्थानीय तहहरुमा विभिन्न नगरपालिकाका मेयर र गाउँपालिका अध्यक्षहरुले छोराछोरी देखी लिएर आफ्नो आसेपासेलाई स्वकीय सचिवमा नियुक्ती गरी तलब र भत्ता बुझ्दै आएको पाएका छन् । स्वकीय सचिवालयमा आफ्नै नातेदारलाई कर्मचारीमा नियुक्त गरेर जागिर खुवाउने प्रवृत्ति केन्द्रीय सरकार जस्तै स्थानीय सरकारमा पनि दोहोरिएको छ ।

जिल्लाका १२ वटै स्थानीय तहहरुमा स्वकीय सचिवालय उनीहरुकै भाइ, छोरा, भतिजा र भान्जाले भरिएको खबर छ । यता स्थानीय सरकार संचालन ऐनले स्वकीय सचिव नियुक्ती गर्न कुनै मापदण्ड तोकेको छैन । स्थानीय सरकारमा मापदण्डबिनाकै स्वकीय सचिव नियुक्ती गर्ने अभ्यास भइरहेको पाइएको छ ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com