सुनाखरी इङलिस बोर्डिङले शुक्रबार नृत्य प्रतियोगिता सम्पन्न गरेको छ ।

उत्सव आचार्य

कंचनरुप सप्तरी , जेठ १८ ।

सुनाखरी इङलिस बोर्डिङ स्कुल कंचनरुप – १२ सितापुरले शुक्रबार अतिरिक्त क्रियाकलाप अन्तर्गत नृत्य प्रतियोगिता सम्पन्न गरेको छ ।

विद्यालयका प्रधानाध्यापक राजकिशोर महतोको अध्यक्षतामा तथा विद्यालयका संस्थापक प्रमोद कटुवालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बोल्दै कटुवालले नृत्य प्रतियोगिताले विद्यार्थीहरुको मानसिक र शारीरिक विकास भई उनीहरूको जीवनमा परिवर्तन आउने बताए ।

शिक्षक कृष्ण बहादुर घले , रमेश तिम्सिना , सियाराम मण्डल , राजन चापागाईं लगायतका वक्ताहरूले मन्तव्य व्यक्त गरेका थिए ।

पर्ख पर्ख मायालु भन्ने गीतको बोलमा खुशी राई प्रथम , सानि सानि नानी भन्ने गीतको बोलमा आईसा पोखरेल द्वितीय , सिरैमा सिर बन्दि भन्ने गीतको बोलमा नेहा शर्मा तृतीय भएकी थिइन् ।

विजयी प्रतियोगिहरुलाई प्रमुख अतिथि कटुवालले पुरस्कार प्रदान गरेका थिए ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com