सुनिता साह समाजवादी पार्टीको सदस्य समेत नरहे दाबी

वृजमान तामाङ

बिरेन्द्र बजार,२५ असोज । समाजवादी पार्टी सप्तरीले प्रहरी हिरासतमा रहेको सुनिता साह पार्टीको सदस्य समेत नरहेको स्पष्ट पारेको छ ।

जिल्ला अध्यक्ष केदार प्रसाद यादवले शनिबार एक प्रेस बिज्ञाप्ति जारी गर्दै प्रहरीले पक्राउ गरेको साह पार्टीको सदस्य नभएको स्पष्ट पारेको हो ।

चिनियाँ राष्ट्रपति सि चिनपिङको नेपाल भ्रमणको पुर्व सन्ध्यामा बिरोध गर्ने आशंकामा पार्टीको नाम मुछेर साह पक्राउ परेको भनी विभिन्न संचार माध्यममा समाचार आएको प्रती गम्भीर ध्यानाकर्षण भएको बिज्ञाप्तिमा जनाएको छ ।

अध्यक्ष यादवद्वारा जारी बिज्ञाप्ती अनुसर बिगत केहिदिन देखी नै पार्टी बिरोधि क्रियाकलाप गर्दै आएको र पार्टीको सदस्य समेत नरहेको ब्याक्तीको नाम जोडेर आएको समाचारले पार्टीको बदनाम गरेको भन्दै आपत्ति समेत जनाएको छ । प्रहरी हिरासतमा रहेकि साह हाल पार्टीको कुनैपनी जिम्मेवारीमा नभेको स्पष्ट पर्दछौ समाजवादी पार्टी सप्तरीद्वारा जारी बिज्ञाप्ति जनाएको छ ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com