सुरक्षित आवास कार्यक्रमलाई बिस्तार गर्नुपर्नेमा जनप्रतिनिधिहरुको जोड

वृजमान तामाङ

बिरेन्द्र बजार, ४ कार्तिक । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिकामा संचालनमा रहेको सुरक्षित आवास योजना बिस्तार गर्नुपर्ने एक कार्यक्रमका सहभागी बक्ताहरुले जोड दिएका छ्न ।

सप्तरीको महुलीमा सोमबार स्थानीय तहमा सुरक्षित आवास ब्याबस्थापन सम्बन्धी अभिमुखिकरण कार्यक्रमका सहभागीहरुले अरु स्थानीय तहहरुमा योजना बिस्तार गर्नुपर्नेमा जोड दिएका हुन ।

ह्ययाबिटेट फर हुम्यानिटी नेपालको सहयोगमा महुली सामुदायिक बिकास केन्द्र सप्तरीद्वारा आयोजित कार्यक्रममा बोल्दै बक्ताहरुले सुरक्षित आवास कार्यक्रमले सरकारले लिएको दिगो बिकासको लक्ष्यमा टेवा पुग्ने बताए ।

कार्यक्रमले भुमिहिन, बिपन्न, गरिव असाहायले सुबिधा सपन्न घर पाउने र थोरै लगानीमा बिपदको जोखिमबाट बच्ने आवास पाउने हुदा योजनालाई जिल्लाका अरु स्थानीय तहमा बिस्तार गर्न सहभागीहरुले जोड दिएका हुन ।

सुरक्षित आवास योजना अन्तरगत स्थानीय सामाग्रीको उपयोगीताले ब्यरोजगरी समस्य समेत न्यूनीकरण हुने उनीहरुको भनाई थियोे । कार्यक्रम पालिकामा बिस्तारका लागि सहयोग गर्ने प्रतिअबद्वता जनाउदै सहभागी हरुले योजनाका लागि आतुर रहेको समेत बताए ।

अग्गिसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा कन्चनरुप नगरपालिकाका प्रमुख वसन्त कुमार मिश्रा, रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव, तिरुहुत गाउँपालिकाकी उपाध्यक्ष तिर्थमाया मण्डल, शम्भुनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका दंगाल, तिरुहुत गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरज कुमार देव, खडक नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रमाकान्त चौधरी, सप्तकोसी नगरपालिका वडा नम्बर ९ का अध्यक्ष चन्द्र नारायण यादव लगायतकाले मनतब्य व्यक्त गरे ।

अभिमुखिकरणमा महुली सामुदायिक बिकास केन्द्र सप्तरीका कार्यकारी निर्देशक प्रभु नारायण चौधरीले कार्यक्रमको उदेश्य, आबश्यक्ता र सप्तरीमा गरिएका कार्यहरू बारे प्रकाश पारे । यसैगरी सहयोगी संस्था का सिनियर ईन्जिनियर बिजय प्रसाद गुप्ताले ह्व्याबीटेट फर हुयुमानिटी नेपालको परिचय, सुरक्षित आवासको क्षेत्र, कार्यान्वयन प्रक्रिया, डिजाइन, लागत र न्युनतम मापदण्डको बारे जानकारी गराए ।

यस्तै अग्निसाईर कृष्णासवरन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्र प्रसाद यादवले आवास ब्याबस्थापन सम्बन्धि स्थानीय तहको रणनीति सोच र जिम्मेवारी, उत्तरदायित्व, भुमिका एन बमोजिम सुरक्षित आवासको ब्याबस्थापन प्रक्रियाको बारेमा सहभागीहरुलाई जानकारी गराएका छ्न ।

महुली सामुदायिक बिकास केन्द्र सप्तरीको सभाहलमा आयोजित कार्यक्रममा अग्निसाईर कृष्णासवरन, रुपनी, तिरुहुत, गाउँपालिका, सप्तकोसी, कन्चनरुप, श्म्भुनाथ, खडक नगरपालिकाका गरि ७ वटा स्थानिय तहका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृत, सहयोगी संस्थाका कर्मचारी, संचारकर्मीहरुको सहभागीता रहेको महुली सामुदायिक बिकास केन्द्र सप्तरीका कार्यक्रम संयोजक लिला प्रसाद निरौलाले जानकारी गराए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com