सुरुङ्गा नगरपालिकाका अग्निपिडित तीन परिवारलाई राहत बितरण

बृजमान तामाङ

बिरेन्द्र बजार, २२ पुस । सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्बर ४ मधुपट्टीका तीन अग्नि पीडित परिवारलाई मंगलबार राहत बितरण गरिएको छ ।

धर्मी हल्फा महिला बिकास क्ल्व सप्तरीद्वारा पीडितको गाउँ पुगेर राहात बितरण गरेको हो ।

गत पुस १४ गते आगलागीमा परि सर्वस्व गुमाएका सुरुङ्गा नगरपालिका वडा नम्बर ४ का पार्वती देवि राम, मन्जु देबि राम र मन्तोरिया देबि रामको परिवारलाई क्ल्वका अध्यक्ष समाजसेवी ईन्जिनियर सुर्य नारायण यादवले राहात बितरण गरे ।

अग्नि पीडित परिवारलाई जनही त्रिपाल, झुल धोती, सारी, तन्ना, थाल, कन्ती,भाँडा, गिलास, डाडु १-१ थानको दरले समाजसेवी ईन्जिनियर यादवले बितरण गरे ।

राहत बितरण कार्यक्रममा प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य गोबिन्द न्यौपाने, सुरुङ्गा नगरपालिका वडा नम्बर ४ का अध्यक्ष देबेन्द्र प्रसाद चौधरी लगायतका स्थानीय जनप्रतिनिधि लगायतका बिशिष्ठ ब्याक्तित्वहरुको उपस्थिति रहेको थियोे ।

आगलागीबाट दलित बस्तीका तीन परिवारको ५ वटा घर पुर्ण रुपले डढेर छ लाख भन्दा बढी धनमाल जलेर नष्ट भएको थियोे । घर जलेर तीन घर राम परिवारको बिचल्ली भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com