सूचना प्रविधिको क्षेत्रमा फड्को मार्दै अग्निसाईर कृष्णासवरन गाउँपालिका ; साथै चोक बजारमा फ्री वाईफाईको ब्यबस्था गरिने

वृजमान तामाङ

विरेन्द्र वजार । २६ भदौ- सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका सूचना प्राविधिको क्षेत्रमा अग्रसर बनेको छ ।

चुस्त, पारदर्शी तथा प्रभावकारी सेवा प्रदान गर्ने उदेश्यले सूचना प्राविधिको क्षेत्रलाई गाउँपालिकाले बिस्तार गर्दै लगेको हो ।

गाउँपालिकामा बढ्दो सवारी दुर्घटनाको अनुगमन गर्न हाईवे सुरक्षा योजना अन्तर्गत मुख्य चौक तथा बजारमा पिटिजी सिसिटिभी जडान गरिएको छ ।

महुली, विशाल चौक, सितापुर लगायतका स्थानमा जडान गरिएको सिसिटिभी मर्मत हाईवेमा भएको विभिन्न गतिविधि गाउँपालिकाबाटै सजिलै अबलोकन गर्न सकिने गाउँपालिका अध्यक्ष पर्शुराम चौधरीले बताए ।

ईन्टरनेट सेवाबाट गाउँपालिका अन्तर्गतका बिधालय ,स्वास्थ्य संस्था र सबै वडाको क्रियाकलापलाई गाउँपालिकामा सिसिटिभी मार्फत अबलोकन गर्न सकिने सूचना प्राविधिको बिकास गरिएको गाउँपालिकाले जनाएको छ ।

बिधालयमा बिधुतिय हाजिरी अनिवार्य गरि कर्मचारी र शिक्षक, शिक्षिकालाई उपस्थितिको आधारमा तलब उपलब्ध गराउदै आएको प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्र कुमार यादवले जानकारी दिए ।

हाईवे सुरक्षा योजाना तथा गाउँपालिकाको गतिविधिलाई चुस्त, पारदर्शी र प्रभाव कारी बनाउन प्रहरी कार्यालयमा समेत सेवा बिस्तार गर्ने र सूचना प्रबिधिमा सबैको पहुँचकालागी सबै चोक बजारमा फ्री वाईफाईको ब्यबस्था गरिने प्रमुख प्रशासकीय अधिकृत यादवले जनाएका छ्न ।

सूचना प्राविधिको बिकास संगै गाउँपालिकामा सवारी दुर्घटना न्यूनीकरण, चोरी लगायतका अपराधीक गतिविधिमा कमिको साथै सबै प्रकारको बेतिथी अन्त्य हुने बिश्वास गरिएको छ ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com