स्तरीय उपचार पद्धति (एसटिपी) तथा साथी समूह सम्बन्धि २ दिने अभिमुखिकरण कार्यक्रम सुरु

उत्सव आचार्य
कञ्चनरुप सप्तरी , २ माघ । कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखा कंचनपुर सप्तरीको आयोजनामा बिहिवार स्तरीय उपचार पद्धति (एसटिपी) तथा साथी समूह सम्बन्धि २ दिने अभिमुखिकरण कार्यक्रम सुरु भएको छ ।
सो कार्यक्रममा बोल्दै नगर प्रमुख बसन्त कुमारले स्तरीय उपचार पद्धतिद्वारा स्वास्थ्यकर्मीहरुले नागरिकलाई महसुस हुनेगरी स्वास्थ्य सेवा प्रदान गरी स्वास्थ्य क्षेत्रलाई नमूना बनाउनु पर्नेमा जोड दिए ।
प्रमुख प्रशासकिय अधिकृत पुरुषेत्तम ढकालले औषधीको समुचित उपयोग गर्दै स्तरिय उपचार पद्धति अपनाउन स्वास्थ्यकर्मीहरुलाई आग्रह गरे ।
स्वास्थ्य शाखाका सुरेन्द्र प्रसाद यादव , प्राथमिक स्वास्थ्य केन्द्र कंचनपुरका प्रमुख डा. संजिव कुमार झा लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गरेका थिए ।
स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत रामसेवक यादवले औषधीको समुचित उपयोग गरी , स्तरीय उपचार पद्धति लागू गर्दै साथी समूहलाई प्रभावकारी बनाउने उदेश्यका साथ अभिमूखिकरण कार्यक्रम संचालन गरिएको बताए ।
अभिमूखि कार्यक्रममा स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत रामसेवक यादव , सिअहेव अधिकृत डम्बर प्रसाद गुप्ता , प्राथमिक स्वास्थ्य केन्द्र कंचनपुरका प्रमुख डा. संजिव कुमार झाले सहजीकरण गरेका थिए भने पोषण कार्यक्रमकी स्वयमसेवक सुशीला चौधरीले सहयोगीको भूमिका निर्वाह गरेकी थिइन् ।
अभिमूखि कार्यक्रममा नगरपालिका भित्रका स्वास्थ्य संस्थाका प्रमुख तथा स्वास्थ्यकर्मीहरुको सहभागीता रहेको थियो ।
स्वास्थ्य शाखाका सिअहेव अधिकृत डक्वर प्रसाद गुप्ताद्वारा संचालित कार्यक्रमको अध्यक्षता प्रमुख प्रशासकिय अधिकृत पुरुषेत्तम ढकालले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com