स्वर्गीय महावीर खड्गाको २३ औं पुण्य तिथिमा श्रद्धाञ्जली सभा

उत्सव आचार्य

कञ्चनरूप सप्तरी , १३ मंसिर ।

स्वर्गीय महावीर खड्गाको २३ औं पुण्य तिथिमा शुक्रबार दुर्गा आधारभूत विद्यालय कञ्चनरूप ११ ठेलियामा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

सो कार्यक्रममा बोल्दै कञ्चनरूप नगरपालिकाका नगर प्रमुख बसन्त कुमारले स्व. महावीर खड्का जनप्रीय कर्मठ र निष्ठावान व्यक्तित्व रहेको स्मरण गर्दै विकास प्रेमी नेकपाको असल नेता रहेको बताउँदै उहाँले अगाडि सार्नु भएको सपनाहरूलाई हामी सबै मिलेर पुरा गर्यो भने मात्र उहाँ प्रति सच्चा श्रद्धाञ्जली दिएको ठहरिने बताए ।

वडा नम्बर ११ का वडा अध्यक्ष मोहम्मद जिवरिल , प्रेस सल्लाहकार उत्तम आचार्य लगायतका वक्ताहरूले मन्तव्य व्यक्त गरेका थिए ।

स्व. महावीर खड्गा ठेलिया गाविसको उपाध्यक्ष पदमा रहि कुशलताका साथ आफ्नो कार्यभार सम्हाली काम गरेका विकास प्रेमी नेकपाको असल नेताको पहिचान बनाउन सफल भएका स्व. खड्गाको २०५३ साल मंसिर १३ गते हत्या गरी मारिएको थियो । स्व. खड्गाको धर्मपत्नी सोभादेवी खडगा र छोरा धर्मेन्द्र खड्गाले आफ्नो पति र पिताको सम्झनामा दुर्गा आधारभूत विद्यालयका विद्यार्थीहरुलाई प्रति विद्यार्थी कापी १, डटपेन १ थान , का साथै बिस्कुट र चकलेट प्रदान गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका सदस्य बिरेन्द्र कुमार मण्डलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com