हरिहरपुरमा संचालित छैठो पचशिल्ड प्रतियोगिताको उपाधी आयोजक टिमलाई

बृजमान तामाङ

बिरेन्द्र बजार, २१ कार्तिक । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ३ मा जसकरण हिराई द एभरेस्ट युवा फुटबल टिम हरिहरपुरद्वारा संचालित छैठो पचशिल्ड फुटबल प्रतियोगिताको उपाधी आयोजक टिमले कब्जा गरेको छ ।

आधारभुत बिधालय हरिहरपुरको खेलमैदानमा बिहीबार सम्पन्न फाईनल खेलमा तपेश्वरी युवा फुटबल टिम जण्डोललाई १-० गोलले पारिजात गर्दै उपाधी कब्जा गरेको हो ।

दुबै टिमबिच कडा प्रतिस्पर्धा रहेको खेलमा पहिलो हापको २३ औं मिनेटमा बिजयता टिमका जर्सी नम्बर १० का बिकास राईले गोल गरि टिमलाई अग्रता दिलाए ।

उपबिजयता टिमका तर्फबाट बारम्बार गोल गर्ने प्रयास गरेपनि गोल गर्न नसकेपछि सोहि गोल निर्णायक बनेका थिए ।

आयोजक समितीका अध्यक्ष रबिन्द्र कुमार जोशीको अध्यक्षतामा आयोजित समापन समारोहमा दुबै टिमका खेलाडीहरुलाई नगद, शिल्ड, प्रमाणपत्र , मेडल प्रदान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि सप्तरी क्षेत्र नम्बर १ का सांसद डा. सुर्य नारायण यादवले बिजयता टिमलाई नगद १० हजार, शिल्ड, प्रमाणपत्र, मेड्ल प्रदान गरे ।

यसैगरी उपबिजता टिमका खेलाडीहरुलाई कार्यक्रमका बिशिस्ट अतिथि अग्निसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरीले नगद ७ हजार दोश्रो शिल्ड, प्रमाणपत्र, मेडल प्रदान गरे ।

खेलाडिहरुलाई पुरस्कार बितरण गर्दै सांसद यादवले खेलमा आफ्नो सानैदेखि रुचि रहेको बताए । उनले खेलले आपसी सद्भाव, एकता कायम गर्नुको साथै स्वास्थ्यमाका लागि पनि उपयुक्त हुने बताए । सांसद यादवले खेललाई निरन्तरता दिन आग्रह गर्दै खेलका लागि सहयोग गर्ने प्रतिबद्ध समेत व्यक्त गरे ।

शिक्षक सुबास चौधरीले संचालन गरेको कार्यक्रममा स्वागत वडा नम्बर ३ का वडा अध्यक्ष अरुण कुमार चौधरीले गरे । समापन समारोहमा विभिन्न वडाका वडा अध्यक्ष, जनप्रतिनिधि, समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com