हातहतियार सहित जनकपुरबाट एक पक्राउ

जनकपुर , १७ असोज । जिल्ला धनुषा जनकपुरधाम उप महानगरपालिका वडा नं.१४ मुजेलिया स्थित बिहीबार ५:०० बजे १ जना पुरुषलाई हातहतियार सहित प्रदेश प्रहरी कार्यालय जनकपुरले पक्राउ गरेको छ ।

हातहतियार बोकी बसि रहेको छ भन्ने सुचनाका आधारमा तत्काल २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुरबाट र व.प्रहरी कार्यालय मुजेलिया बाट प्रहरी नायव निरीक्षक समेतको टोली खटि गई खोज तलास गर्दै जाने क्रममा मनिपालको कम्पाउण्ड भित्र ज. ११ प ४६५० नं. को HONDA CB SHINE मोटरसाईकलमा जिल्ला महोत्तरी जलेश्वर नगरपालिका वडा नं. ९ बस्ने आनन्द पाठक फेला परेकोमा निजको तलासी लिँदा निजको साथबाट कटुवा पेस्तोल थान – १ बरामद भएको हो ।  सोको बरामदी मुचुल्का गरी पाठकलाई पक्राउ गरी प्रतिवेदन साथ प्रदेश प्रहरी कार्यालय जनकपुर कार्यालयमा दाखिला गरेकोमा निज माथि हात हतियार तथा खरखजाना मुद्दामा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान कार्य भई रहेको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com