हात्तीद्धारा तीन दर्जन घरमा तोडफोड गर्दा लाखौको क्षती

बृजमान तामाङ
विरेन्द्र वजार सप्तरी , १३ माघ ।

सप्तरीको उत्तरी क्षेत्रमा आईतवार हात्तीले तीन दर्जन भन्दा वढी घरमा तोडफोड गर्दा लाखौको क्षती भएको छ।

अग्नीसाईर कृष्णासवर र रुपनी गाउँपालिकामा जंगली आत्तीले तीन दर्जन घरमा आक्रमण गर्दा उक्त परिणामको क्षती गरेको हो ।

आईतवार राती आएको एक हात्तीको समुहले रुपनी गाउँपालिका वडा नम्वर ६ का तिर वहादुर तामाङको घरभत्काउदा पचास हजार वरावरको क्षती गरेको छ । पटक—पटक हात्तीले घरभत्काएर क्षती गरेको सुनाउदै तामाङ पत्नी तिलमाया तामाङले हात्तीको कारण घर छोडेर जानु वाध्य वनाएको दुखेसो पोखे । हात्तीले तामाङको अन्नपात, फर्निचर र घर पुर्ण रुपले क्षती गरेको रुपनी गाउँपालिका वडा नम्वर ६का अध्यक्ष गोविन्द सिंह थापा मगरले जानकारी दिए ।

यस्तै छवटाको समुहमा आएको जंगली हात्तीले अग्नीसाईर कृष्णा सवरन गाउँपालिका वडा नम्वर २ का वल वहादुर राईको घर पुर्ण रुपले क्षती गरेको छ । राईको घर भत्काएर चामाल, कोदो, मकै र घर भित्र रहेको भाँडाकुडामा सहितको सामान नष्ट गर्दा १ लाख वरावरको क्षती गरेको स्थानीयले वताएका छन ।

***Advertisement

तीनचार दिन देखी जंगली हात्तीको समुहले २८ वटाघरमा क्षती गर्नुको साथै किसानले लगाएको लाखौको वालीनाली नष्ट गरेको अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष परर्शुराम चौधरीले जानकारी दिए ।

यसैगरी हात्तीले गणेश वाहादुर मगर, रत्नमाया राई, हरिलाल चौधरी लगायतका दर्जनौ घरमा तोडफोड गरेको छ । हात्तीले दैनिक ठूलो जनधनको क्षती गर्दा समेत सम्वन्धित निकायहरु भने मौन वसेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com