हात्तीले घर तोडफोड गरेपछी तामाङ परिवारको विचल्ली

बृजमान तामाङ

विरेन्द्र वजार सप्तरी , ५ जेठ । सप्तरी अग्नीसिाईर कृष्णासवरन गाउँपालिका वडा नम्वर २ चौफालमा शनिवर मध्यरातमा जंगली हात्तीले घर तोडफोड गरेपछी एक तामाङ परिवार विचल्लीमा परेका छन ।

मध्यन्ह १२ वजे आएको हात्तीको समुहले घर तोडफोड गरेपछी स्थानीय डुब्जसिंह तामाङको परिवार विचल्लीमा परेका हुन ।

हात्तीले घर भत्काएपछी तामाङको ९ जनाको परिवार खुल्ला आकासमुनी पाल टागेर रात काट्न वाध्य छन । हात्तीले तानेर घरको सवै खावाखुट्टा भाँचेर घर लडेर थिच्ने डरले घर वाहिर वस्नु वाध्य पारेको पीछित तामाङले वताए । सवैजना सुतेको वेला हत्तीले घरमा आक्रमण गरेको सुनाउदै तामाङले वल्ल—वल्ल वालवालिका सहित सवै परिवार भागेर ज्यान वचाउन सफल भएको वताए ।

हात्तीले भाँडाकुडा, मकै, वाकास, दराज, टिभी, टेवुल र घर समेतमा आक्रमण गर्दा २ लाख भन्दा माथिको क्षति पु¥याएको तामाङले जानकारी गराए ।

यस्तै सोही वडा स्थीत कंकालीनी टोलका चन्द्रकान्त चौधरीको घर, तरकारी वालीमा आक्रमण गर्दा १ लाख वरावरको क्षति गरेको छ । राती तीनवटाको सङ्ख्यामा आएको हात्तीको समुहले धानको भकारी, घरको जस्तापाता, घेरावेरा र तरकारीवाली पुर्ण रुपले क्षती गरेको पीडित चौधरीले जानकारी दिए । हात्ती आएको थाहा पाएलगतै प्रहरी, स्थानीयवासीले धपाएपछी मानविय क्षति हुन नपाएको स्थानीय वमभोल चौधरीले वताए ।

एकहप्ता देखी हात्ती गाउँमा प्रवेश गरी स्थानीय वासीलाई आतांकित पारी रहदा समेत सम्वन्धि निकायले नियन्त्रणको प्रयासमा ध्यान नदिएको स्थानीयले गुनासो गरेका छन । हात्तीका कारण गाउँमा रातभर जाग्रामवसी सास्ती खेप्नु परेको उनीहरु दुखोसो सुनाउछन । दैनिक जसो हात्ती गाउँमा प्रवेश गरी घर तोडफोड, अन्नवाली खाने, किसानले लगाएको तरकारी र वालीनाली नष्ट गर्ने गरेको स्थानीय हरि नारायण चौधरीले वताए ।

हात्तीले वमभोल चौधरीको खेतमा लगाएको वेडिङ्ग उखालेर फ्यालेका छन । यस्तै सोम वहादुर तमाङको भान्साघरमा तोडफोड गरेको छ भने साहाविर चौधरीको आँप वगैचामा पाले वस्ने घर भत्काउनु साथै चामाल खाएर दुख दिने गरेको आँँपपालेले जानकारी गराएका छन । हात्ती हाल समेत अग्नीसाईर मन्दिर क्षेत्र आसपासमा वस्दै आएका छन ।

 

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com