हात्ती आतंक : कञ्चनरूप नपाको बस्तिपुरमा हात्तीद्वारा तीन घरमा क्षति

उत्सव आचार्य

कञ्चनरूप सप्तरी , १८ भदौ ।

कोशी टप्पु वन्यजन्तु आरक्षबाट मंगलबार राति कञ्चनरूप नगरपालिका वडा नं. -१२ बस्तिपुरमा आएको जंगली हात्तीले तीन जनाको घर भत्काउनुका साथै अन्नपात समेत खाएर नष्ट पारेको छ ।

राति २:३० बजेतिर आरक्षबाट आएको एउटा जंगली हात्तीले बस्तिपुरका शुभाश पोखरेलको एउटा भान्सा घर भत्काउनुका साथै अन्नपात खाएको छ , रामप्रसाद खतिवडाको भान्सा र गोठ भत्काउनुका साथै अन्नपात खाएर नोक्सान गरेको छ । त्यसैगरी सोही ठाउँको भोजराज खतिवडाको घर र भान्साघर भत्काउनुका साथै अन्नपात खाएर नोक्सान पुर्‍याएको स्थानीय नविना आचार्य भट्टराईले बताइन् ।

केही समयसम्म गाउँ शान्त रहेको थियो र अहिले फेरि कोशी टप्पु आरक्षबाट निस्किएको जंगली हात्ती गाउँ पसेर आतंक मच्चाउन थालेपछि स्थानीयबासी चिन्तित हुन थालेका छन् ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com