हात्ती आतंक : सप्तरीको महुली मोहनपुरमा १० घर भत्कायो

उत्सव आचार्य

कञ्चनरूप सप्तरी , १७ कार्तिक ।

कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको जंगली हात्तीले शनिबार राति सप्तरीको कृष्णसवरन गाउँपालिकामा करिब १ दर्जन घर भत्काएर आतंक मच्चाउदा स्थानीयबासी त्रसित भएका छन् ।

शनिबार बेलुका ७ बजेको समयमा र आइतबार बिहान ६ बजेको समयमा ४ वटा समूहमा आएका जंगली हात्तीले कृष्णसवरन गाउपालिका वडा नम्बर ६ महुली मोहनपुरका दुखी यादव , कमान सिंह मगर , मन्जु कार्की , रोमा दमाई लगायत १० घर भत्काउनुका साथै कोदो बारी , केरा बारी समेत नष्ट गरेको स्थानीय प्रकाश आचार्यले बताए ।

जंगली हात्तीले सप्तरीको पूर्वी उत्तर भेगका बासीन्दालाई आतंक मच्चाई दुख दिदा समेत सम्बन्धित निकाय मौन बसेकोमा स्थानीय बासी आक्रोशित भएका छन् ।

त्यसैगरी जंगली हात्तीको आक्रमणमा परि कञ्चनरूप नगरपालिकामा मात्रै ९ जनाको ज्यान गइसकेको छ भने सयौं बिघामा लगाएको अन्नबाली नष्ट पार्दा समेत कुनै निकायले समेत यसको रोकथामका लागि पहल नगर्नुमा ज्यादै दुख लागेको स्थानीय विमल संग्रौला बताउँछन् ।

 

 

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com