हात्ती प्रभावित क्षेत्रका वासिन्दाको ज्यान जोखिममा सरकारी निकाय निरही

वृजमान तामाङ

विरेन्द्र वजार सप्तरी , २० जेठ । सप्तरीको अग्नीसाईर कृष्णासवरन, रुपनी गाउँपालिका लगायतका उत्तरी भेगमा वसोवास गर्ने हात्ती प्रभावित क्षेत्रका वासिन्दाहरुले जोखिमपुर्ण जीवन विताई रहेका छन ।

एकवर्ष देखी पटक—पटक जंगली हात्तीको समुहले दिनहु दर्जनौ घर तोडफोड गर्दा समेत सरकारी निकायको निरहीताका कारण हात्ती प्रभावित क्षेत्रका वासिन्दाहरु जोखिमपुर्ण जीवन विताउन वाध्य भएका हुन । हात्ती नियन्त्रण गर्न स्थानीय सरकार, प्रशासन र सम्वन्धित निकायमा जानकारी गराउदा कसैले सुनुवाई नगरेको पीडितहरुले गुनासो गरेका छन ।

प्रमुख जिल्ला अधिकारी, स्थानीय पालिका प्रमुख, प्रहरी प्रमुख सहितका सरकारी निकयमा हात्ती धपाएर कोशीटप्पु वन्यजन्तु आरक्षमा पु¥याउन अनुरोध गर्दा कानुनी आधार धपाउन नसक्ने गैरजिम्मेवार जवाफ मात्र पाउने गरेको स्थानीय वासीले वताएका छन ।

हात्तीले दिनहु घरतोडफोड गरी स्तानीयको लाखौको धनमाल क्षती गरी कष्टकर जिवनयापन गरी रहदा सरकारी स्तरवाट नियन्त्रणको ठोस पहल हुन सकेको छैन ।

यस्तै जंगली हात्तीको समुहले आईतवार रुपनी गाउँपालिकामा ८ वटा घरमा तोडफोड गरी लाखौको क्षती गरेको छ । हात्तीले रुपनी गाउँपालिका वडा नम्वर ६ का लाल वहादुर मगरका छोरा साजन मगरको दराज, टिभी, डिसहोम, चामल, भाँडाकुडा, घर भत्काउदा एक लाख भन्दा वढी क्षती गरेको छ । यस्तै घन वहादुर तामाङको घरपुर्ण रुपले भत्काएर चामाल, भाँडाकुडा, अन्य अन्नपात खाँदा एक लाख पचास हजार भन्दा माथि क्षती गरेको पीडितले वताएका छन । हात्तीले सुवध खंग, हस्त वहादुर श्रेष्ठ, मिरा मगर, ललित नारायण श्रेष्ठ, कन्तलाल चौधरी , सुरज राईको घरमा तोडफोड गरी अन्पात खाएको पीडित परिवारले जनाएको छ ।

यस्तै सोही हात्तीले अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नम्वर २ का चन्द्रकान्त चौधरीको घर भत्काएर धानको भकारी तानेर खाएको जनाएको छ । हात्ती गाउँ पस्न साथ गाउलेहरु रातभर जागरम वसी सयौको सङ्ख्यामा भेला भई आगो र टर्च लाईटको सहायताले हात्तीको पछाडी लाग्ने गरेको स्थानीय सुर्यमान तामाङले जानकारी गराए । उनका अनुसार हात्ती हाल समेत वनक्षेत्र भित्र रहेको छ ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com