२७ दिनभित्र सम्पन्न गर्ने दाबी लिँदै राजविराज विमानस्थल निर्माण कार्य गतिमा

राजविराज । राजविराज विमानस्थलको धावन मार्ग पिचिङ्ग र घेरवार निर्माण कार्यले गति लिन थालेको छ ।

८ मंसिर २०७३ देखि सुरु भएको काम २०७४ मंसिर मसान्तसम्म सम्पन्न गर्ने म्याद रहे पनि निर्माण कार्यको ठेक्का पाएको कान्छाराम एण्ड रौहतास कन्ट्रक्सन कम्पनीले ४ महिनाको समय थप गरेको थियो । कम्पनीलाई सरकारले २०७४ चैत मसान्तसम्मको अन्तिम समय दिएपछि धावनमार्गको निर्माण कार्यले गति लिएको हो ।

ठेकेरदार कम्पनीका साईड इन्चार्ज सुकबहादुर तामाङले मधेश आन्दोनलका क्रममा भएको बन्द हडताल र त्यसपछि आएको बाढी लगायतका समस्याका कारण निर्माण सामग्री र उपकरण ओसार पसारमा कठिनाई भएकाले तोकिएको समयमा निर्माण कार्य नसकिएको बताउनुभयो ।
३० करोड ३० लाख ७४ हजार ५ सय २८ रुपैयाँको लागतमा सुरु गरिएको काम अवको २७ दिनभित्र सम्पन्न गरी नागरिक उड्यन प्राधिकरणलाई हस्तान्तरण गरीसक्ने उहाँको दाबी छ ।

तपाईको प्रतिक्रिया

About the Author

Team KR News